पोखरामा २४ सय मत गनियो, गठबन्धन अगाडि

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

पोखरा महानगरको वडा नम्बर १, २ र १२ को २ हजार ४०० मत गणना हुँदा आचार्यले ९ सय २३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत ल्याएका छन् ।

राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले १ सय ४८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २८ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ९ सय ४ मत पाएकी छन् । राप्रपा की उम्मेदवार रन्जना कुमारी सेन पौडेलले १ सय २८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =