विराटनगरमा मतगणना सुरु
२०७९ वैशाख ३१ गते

फाइल फोटो
विराटनगर । विराटनगर महानगरपालिकामा मत गणना सुरु भएको छ।
१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा बिहान १० बजेदेखि मत गण्ना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
विराटनगर महानगरपालिकाको वडा १,२, १६, १७, १८ र १९ वटाबाट मतणना शुरु भएको हो ।
विराटनगर महानगरपालिकामा रहेको १ लाख ३३ हजार १४२ मतदाता रहेका मध्ये ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका थिए ।
विराटनगरमा गठबन्धनको तर्फबाट नागेश कोइराला र एमालेको तर्फबाट सागर थापा तथा स्वतन्त्र उम्मेदवार उमेश यादवबीच प्रतिस्पर्धा हुने आकलन गरिएको ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









