बुटवलमा कांग्रेसको अग्रता कायमै, एमालेभन्दा राप्रपा अघि

काठमाडौँ । बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ । वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार अगाडि देखिएका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका छन् भने ४५ मतसहित राप्रपाका मृगेन्द्र शेरचन उनलाई पछ्याइरहेका छन् ।

त्यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन् । वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *