‘गाेप्य मतदान’ देखाएका बाबुरामले भने- नियम था छ, जानाजान त्यसाे गरेँ !

काठमाडाैँ । गाेप्य मतदान सार्वजनिक गरेका पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराराईले आफूले जानाजान मतपत्र सार्वजनिक गरेकाे बताएका छन् ।

मतपत्रमा स्वस्तिक छाप लगाएको तस्वीर सार्वजनिक गरेपछि आलोचित बनेका डा. भट्टराईले आफूले सुझबुझका साथ यसो गरेको दाबी गरेका हुन् ।

उनले आफू शुरूदेखि नै खुला मतदानकाे पक्षपाती भएकाेले मतपत्र देखाउनु लाेकतान्त्रिक प्रक्रियाकाे हिस्सा रहेकाे बताएका हुन् ।

तर, कानुनमा भने भाेट दिइसकेपछि मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =