तीन बीमा कम्पनीबीच बीग मर्जरको सम्झौता

काठमाडौँ । तीन वटा जीवन बीमा कम्पनी आपसमा गाभिने (बिग मर्जर) हुने भएको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर हुने भएको हो । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि चुक्ता पुँजी पु¥याउन वीग मर्जर हुन लागेको हो ।

यी तीन कम्पनीबीच बिहीबार मर्जर गर्ने सम्झौता सम्पन्न भएको छ । प्राइम लाइफको चुक्ता पुँजी चैत मसान्तसम्म २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, युनियन लाइफको चुक्तापुँजी २ अर्ब १५ करोड र गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

तीन ओटै कम्पनी मर्जर भई बन्ने कम्पनीको चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्ने छ । यी तीन ओटै कम्पनी बराबरी अनुपातमा मर्जरमा जाने भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *