मिक्लाजुङको बर्खेमा शंकास्पद वस्तु भेटियाे

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको एक मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ।  मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ बर्खेमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा प्लास्टिकले बेरेर राखिएको प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।  विद्यालयबाट करिब ५० मिटर दूरीको सडकमा खतरा लेखेको प्रेसर कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

तारहरू बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको उनले बताए । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ, नेपाल प्रहरीले टोली बाटोमै रहेको उनले बताए।

कुकर भेटिएको सडकमा दुई वटा बाँस पनि तेर्साइएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको थियो ।  घटनास्थल  उर्लाबारीबाट ३२ किलोमिटर उत्तरमा पर्छ ।

दुर्गम भएको कारण त्यहाँ पुग्न समय लागेको प्रहरीले जनाएको छ ।  गएराती पनि सो क्षेत्रमा विस्फोट भएको स्थानीयले बताएका छन् । शंकास्पद वस्तु भेटिएको गाउँमा करिब दुई वर्षअघि शिक्षक  राजेन्द्र श्रेष्ठको हत्या भएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =