वीरगञ्जमा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक
२०७९ वैशाख २६ गते

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ ।
दुबै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको हो ।
भोलि राति १२ बजदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्द लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
यता बारा जिल्लामा पनि बैशाख २७ गते राति १२ बजदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकरी शिवराज सेडाइँले जानकारी दिए ।
२०७९ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








