जब बालेन र केशवले एकअर्कालाई जितकाे शुभकामना दिँदै अँगालाे हाले

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मेयर उम्मेदवार र स्वतन्त्र उम्मेदवार बिच जम्काभेट भएकाे छ ।

चुनावी प्रचारप्रसारका क्रममा घरदैलोका अभियानमा रहेका दुई उम्मेदवारबिच नगरकाे शान्तिनगर क्षेत्रमा भेट भएकाे हाे ।

दुई उम्मेदवारहरू स्थापित र साहकाे भेट साैहार्दपूर्ण भएकाे थियाे । भेटका क्रममा स्थापित र बालेनले एकअर्कालाई अँगालाे हाल्दै जितका लागि शुभकामना दिएका थिए । बालेनकाे चुनावी प्रचारप्रसार समितिका सदस्य विवेक बास्तोलाका अनुसार दुई उम्मेदवारबिच शुभकामना आदानप्रदान भएको हाे ।

प्रचारप्रसारका क्रममा बालेनप्रति आक्रामक देखिने स्थापितले पनि बालेनकाे विजयकाे कामना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =