गण्डकीका मुख्यमन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघनकाले उनले तीन दिनभित्र पेस गर्ने गरी स्पष्टीकरण सोधिएको हो ।

आयोगले ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क)अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीले आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने स्मरण गराएको छ ।

‘तपाईंले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत हो, होइन ?,’ आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘यदि तपाईं गठबन्धनको चुनावीसभामा सहभागी हुनुभएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही हुनु नपर्ने हो ? तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी जवाफ पेस गर्नुहुन अनुरोध छ ।

याे पनि : आचारसंहिता विपरीत मुख्यमन्त्री र मन्त्री पार्टीको प्रचारमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =