आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको चेतावनी
मकालु खबर
२०७९ वैशाख १९ गते
काठमाडौँ । आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइएमा निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।
सोमबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएका हुन् ।
आचार संहिता विपरीत यस्ता कामहरू भइरहेको भन्ने गुनासो आएपछि आयोगले विज्ञप्ति जारी गरेको हो ।
नियम विपरित उक्त कार्य गर्नेलाई एक लाख सम्म जरिवाना वा उम्मेदवारी समेत रद्द गर्ने आयोगले जनाएको छ ।
मकालु खबर
२०७९ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित