एकै दिन १२ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार एकै दिन १ हजार २ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य यस दिन तोलाको ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्इ ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदी १ हजार ३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =