राजस्व छलेको आरोपमा ५ व्यसायीसँग ३६ करोड असुल्न माग गर्दै अदालतमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छलेको आरोपमा ५ व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौँमा शुभलक्ष्मी इन्टरनेशनल, गणपति ट्रेड लिंक, एचबी ट्रेड एन्ड सप्लायर्स र एमके इन्टरनेशनलका सञ्चालक तथा मुख्य कारोबारी मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल र दीपेन्द्र कुमार अग्रवालमाथि करछलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरुले उक्त कम्पनी तथा फर्म सञ्चालन गर्दा राजस्व छली गर्न नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)को बिल बिजक खरिद गरी झुटा वित्तीय विवरण तथा आयत विवरण तयार पारी कर छली गरेको विभागको आरोप छ ।

उनीहरुले मूल्य अभिवृद्धि कर(भ्याट)५ करोड ४४ लाख ९३ हजार रुपैयाँ र आयकरतर्फ १२ करोड ६० लाख ७५ कहर कर छलेको आरोप विभागको छ ।

उनीहरुसँग कुल १८ करोड ५ लाख ६८ हजार रुपैयाँ विगो र बिगो बमोजिमकै जरिवाना गरी कुल ३६ करोड ११ लाख ३७ हजार रुपैयाँ असुल उपर गर्न र कानुनबमोजिम सजाय गर्न विभागले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =