केही पार्टीले एकीकृत समाजवादीकाे अपमान गरे : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको दावी गरे ।

उनले केपी ओलीको अहंकार अलिकति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे । त्यस्तै, अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरु रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।

कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले ६ महिनाको अवधिमा राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दावी गरे ।

त्यस्तै, खनालले केपी ओलीकै कारण पार्टी एकता जोगाउन नसकिएको बताए । कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =