अर्थमन्त्रीले दोहोर्‍याए– हाम्राे अर्थतन्त्रमा ठूलो संकट आएको छैन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा ठूलो संकट नआएको दोहोर्याएका छन् । अर्थमन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले अर्थतन्त्रमा ठूलो समस्या नआएको बताएका हुन् ।

‘अर्थतनत्रमा संकट आएको छैन,’ उनले भने, ‘उद्योगी व्यवसायी र जनता हतोत्साहित हुने गरी प्रचार गर्नु हुँदैन । हामी सतर्क हुनुपर्ने छ । यसमा राजनीतिक करण गरेर देशलाई फाइदा हुँदैन । अर्थतन्त्रका नकारात्मक सूचकमा सुधार ल्याउन त्यसमा हामी गम्भीर रुपमा लागेका छौँ ।’

उनले अर्थतन्त्रलाई सुधार गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा ठोस प्रस्ताव लगेको र मन्त्रिपरिषद्बाट पारित गरी मुख्य सचिवको नेृत्वमा उक्त कार्ययोजना कार्यान्वयनमा लाने तयारी भइरहेको उनलेब ताए ।

कोरोनापछि निक्षेपको तुलनामा कर्जा प्रवाह बढी भएकोले बैकिङ क्षेत्रमा तरलता अभाव भएको उनले बताए ।

मुलुकको भिसालगायत सहुलियत कसरी दिने, पर्यटकको आवागमन प्रभावकारी बनाउने, बैंकिङ क्षेत्रलाई कसरी सहजीकरण गर्ने, विलासी वस्तुको आयात घटाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने विषयमा अर्थमन्त्रालय अग्रसर रहेको र आवश्यकता अनुसार थप कदम अघि बढाउनले उनले बताए ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य बढेकोले त्यसले पनि नेपालमा बस्तु तथा सेवाको मूल्यमा चाप परेको उनले बताए । सरकारले नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ अवैध रुपमा जाने अवस्था कम गर्ने, इन्धन व्यवस्थापनमा सवारीको प्रयोग कम गर्ने, विदेशी मुद्रा सञ्चिति बढाउन विदेशमा काम गर्ने श्रमिकलाई विभिन्न सुविधा दिने लगायत काम गरेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =