आइएमई पेबाट भुक्तानी गर्ने दराज ग्राहकले छुट पाउने

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

छुटसम्बन्धी सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ देखि २०७९ बैशाख ७ को दिनसम्मका लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १० प्रतिशत छुट, रु. १ हजारसम्म अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टापछि दैनिक रस आवस आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम रु. ७५० सम्म हुने ब्यवस्था मिलाइएकोे छ ।

रस आवरको समय बिहान ८ बजे देखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुने कम्पनीले जनाएको छ । दराजको रु. १ को गेममा पनि सहभागि भएर मोबाइल फानेलगायत आकर्षक उपहार पनि जित्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *