सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो
२०७८ चैत २८ गते

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन तेजाबी सुन ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
२०७८ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित









