महेन्द्रनगरमा डिशहोम फाइवरनेटको सोरुम

काठमाडौँ । डिशहोम फाइवरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंचनपुरमा डिशहोम फाइवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ ।

सोरुम उद्घाटनमा डिशहोमका सीओओ स्वाइन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राइटर लक्ष्मिदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको मौभेरा मनि ट्रान्सर्फरले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत् दिनेछ ।

१०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको मौभेरा मनि ट्रान्सर्फरले अब अझ बढी ग्राहक माझ पुग्न पनि यस नयाँ सोरुमले मद्दत गर्ने मौभेरा मनि ट्रान्सर्फरका सञ्चालक दान सिङ बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =