अनलाइन बिङ्गो खेलिरहेका १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

उनीहरूकाे साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रुपैयाँ समेत बरामद गरेकाे छ । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =