जावलाखेलमा पुष्प मेला (तस्वीरहरू)

काठमाडाैँ । गत बिहीबारदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल स्थित खेल मैदानमा पुष्प मेला शुरूभएको छ ।

आइतबारसम्म चल्ने मेलामा ६२ वटा स्टलहरू रहेका छन् । जसमध्ये अफिसियल स्टल ४, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ र व्यवसायिक स्टल ५६ वटा छन् ।

पुष्प मेलामा आलकारिक बोटबिरूवा, कट फ्लावर, मौसमी फूल, ड्राइफ्लावर, सुनाखरी,ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, कम्पोष्ट मल, फूलको गानो, विउविजन, सुक्ष्म तथा थोपा सिँचाई प्रविधि लगायत आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्षहरू रहेका छन् ।

पुष्पमेलामा पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, नर्सरी, फर्म, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरूले आफ्नो स्टल राखी प्रदर्शनी तथा बिक्रीवितरण गरिरहेका छन् ।

तस्वीरहरूः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =