चाेभारमा सुमाेले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु

काठमाडौँ । कीर्तिपुरस्थित चोभारमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा समीर गिरी र अर्का एकजना नाम नखुलेका व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ ।

ट्राफिक बिट कीर्तिपुरका अनुसार बल्खुबाट जाँदै गरेकाे ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हाे ।

प्रहरीले घटनालगत्तै दुवै जनालाई बल्खुस्थित बयाेधा अस्पताल पुर्‍याएको थियो तर चिकित्सकहरूले दुवैलाई मृत घोषित गरेको कीर्तिपुर प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =