मन्त्री झाँक्रीद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण

काठमाडौँ । माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरी माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बढ्दो सवारी साधन सँगसँगै भइरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागिपहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरूप उपलब्ध गराइएको बताइन् ।

उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोतसम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उपकरणको समुचित प्रयोग हुने अपेक्षासमेत व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरू प्राप्तिमा शहरी विकास मन्त्रालय तथा विकास प्राधिकरणले गरेको पहल एवम् अग्रसरतालाई हृदयदेखी नै धन्यवाद तथा आभार व्यक्त गरे ।

उनले हस्तान्तरण भएका उक्त उपकरणहरूले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नुका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने विश्वास पनि दिलाए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणकीविकास आयुक्त जानुका ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए भने प्राधिकरणका नायब विकास आयुक्त नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =