नेप्से १२ अंकले बढ्यो, साढे २ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्ससमेत २.०६ अंकले बढेर ४९८.३६ बिन्दुमा पुगेको छ ।

यस दिन ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रूपैयाँमा कारोबार भएको छ ।

यस दिन होटेल तथा पर्यटनबाहेक सबै समूहको समूहगत परिसूचक बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =