लेटाङ घटनाकाे विराेधमा माइतीघरमा प्रदर्शन (तस्वीर)
२०७८ चैत ७ गते

काठमाडाैँ । माेरङकाे लेटाङमा भएकाे घटनाकाे विराेधमा काठमाडाैँ माइतीघरमा प्रदर्शन भएकाे छ ।
शिक्षकलाई आफ्नै विद्यार्थीमाथि याैन दुर्व्यवहारकाे आराेप लागेपछि आइतवार लेटाङ तनावग्रस्त बनेकाे थियाे । आराेपित शिक्षकलाई पक्राउ गर्न आएका प्रहरी र स्थानीयबीच झडप हुँदा एकजना प्रहरीकाे मृत्यु भएकाे थियाे ।
साेही घटनाकाे विराेधमा माइतीघरमा विप्लव समर्थित अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे हाे । प्रदर्शनकारीहरूले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई फाँसी दे, विद्यालयमा पढ्ने छात्राहरूकाे सुरक्षाकाे ग्यारेन्टी गर, याैन दुर्व्यवहारकाे अन्त्य गर, पीडितलाई न्याय दे लगायतका नारा लेखिएका पम्पलेटहरू बाेकेका थिए ।
उनीहरूले पीडित बालिका र मृतक प्रहरीलाई न्याय दिन तथा दाेषीलाई कडा भन्दा कडा कारबाहीकाे माग गरेका छन् ।
तस्वीरः

२०७८ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित









