क्रिप्टो करेन्सीको विज्ञापनमा अनुमतिविनै आफ्नो तस्बिर प्रयोग भएको प्रियंकाको बयान

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले क्रिप्टो करेन्सीको फेसबुक विज्ञापनमा आफ्नो अनुमतिविना नै आफ्नो तस्बिर प्रयोग भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकका क्रिप्टो करेन्सीको विज्ञापनमा अभिनेत्री कार्कीको तस्बिर प्रयोग भएको पाइएपछि सीआईबीले उनलाई आइतबार सोधपुछका लागि बोलाएको थियो ।

‘आईतबार हामीले प्रियंका कार्की जीसँग सोधपुछ गर्यौं,’ सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, ‘आफ्नो अनुमतिबीना नै तस्बिर प्रयोग भएको उहाँको भनाई छ । बाँकी अनुसन्धान तथ्य र प्रमाणका आधारमा हामीले जारी राख्ने छौँ ।’

सीआईबीले आइतबार दिउँसो कार्कीसँग कुराकानी गरेर बिदा गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =