क्रिप्टो करेन्सी प्रवर्द्धनको आशंकामा सीआईबीद्वारा अभिनेत्री प्रियंका कार्कीसँग सोधपुछ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभिनेत्री प्रियंका कार्कीलाई साेधपुछका लागि बोलाएको छ ।

क्रिप्टो करेन्सीको प्रवर्द्धनात्मक अनलाइन सामग्री(विज्ञापन)मा कार्कीको तस्बिर प्रयोग भएको विषयमा सोधपुछका लागि उनलाई बोलाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले मकालु खबरलाई बताए ।

‘क्रिप्टो करेन्सीको विज्ञापनमा अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग भएको पाइयो,’ महतोले मकालु खबरसँग भने, ‘सेलिब्रेटीको तस्बिर अनुमति लिएर वैध रुपमा र अनुमति नलिकन अवैध रुपमा पनि कतिपय ठाउँमा प्रयोग गरिएको हुन्छ । यसैबारे सोधपुछका लागि हामीले बोलाएका हौँ । अहिले उहाँ सीआईबी कार्यालयमा आउनु भएको छ । यसबारे हामी उहाँबाट बुझ्ने क्रममा छौँ ।’

अभिनेत्री कार्कीसँग सोधपुछ गरेपछि यसबारे थप अनुसन्धान अघि बढ्ने समेत उनले बताए । केही फेसबुक पेजमा क्रिप्टो करेन्सीको विज्ञापनमा अभिनेत्री कार्कीको तस्बिर प्रयोग भएको पाइएपछि उनीसँग सोधपुछ गरिएको हो ।

नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबारलाई अवैध मानेको छ ।

याे पनि– क्रिप्टो करेन्सीमा यसकारण गर्नु हुँदैन लगानी, राष्ट्र बैंकका प्रवक्ता र विज्ञको विचार (भिडिओसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =