इस्लिङटन कलेजमा मनाइयो होली उत्सव

काठमाडौँ । इस्लिङटन कलेजले विद्यार्थी, शिक्षक र कर्मचारीको साथमा रङको उत्सव होली मनाएको छ । कोभिड–१९को कारण विगत दुई वर्षदेखि रोकिएको होली यो वर्ष मनाएको हो ।

धोबीधारा स्थित कलेजको कुमारीहलको ब्लकमा आयोजना गरेको होली कार्यक्रममा विभिन्न खेलकुद, फुड स्टल, सांस्कृति कार्यक्रम प्रस्तुत गरीएको थियो । कलेज कर्मचारी, विद्यार्थी र शिक्षक, विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रीत गरी मनाइएको होली उत्सव–२०२२ मा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

कलेजले हरेक क्यालेण्डर वर्षमा मनाउने यो पर्व विगत दुई वर्ष यता मनाउन सकेको थिएन । कलेजको क्यालेण्डर अनुसार मनाइएको होलीमा कलेजका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुख, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

विद्यार्थी र शिक्षक र कर्मचरीबीचको सम्बन्ध प्रगाढ पार्न र उत्सवलाई थप मनोरञ्जन गर्न कलेजले होली सेलिब्रेसन आयोजना गरेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए ।

विशेषगरी पढाईको अलावा सबैलाई परिवारको सदस्यको रुपमा परिचय गराउन सबै सँगसँगै होली मनाउने प्रचलन अघि बढाएको कलेजको भनाइ छ । कलेजले आयोजना गरेका कार्यक्रममा सबैले भरपुर मज्जा लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =