सत्यमोहन जोशीको आत्मकथा लोकार्पण
२०७८ चैत ४ गते

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा ‘म सत्यमोहन’ लोकार्पण गरिएको छ । शुक्रबार पाटन संग्रहालयमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
आत्मकथा लेखनमा उनलाई सघाएका लेखक तथा पत्रकार गिरिश गिरीले जोशीलाई नै पुस्तक हस्तान्तरण गर्दै पुस्तकको लोकार्पण गरिएको हाे।
कार्यक्रममा समालोचक तथा भाषाविद् ज्योति तुलाधरले आत्मकथामा लोकसंस्कृतिबारे मिहिन रुपमा प्रस्तुत गरिएको बताइन् । यो आत्मकथा मात्रै नभई नेपाली संस्कृतिको संस्मरण नै भएको उनको भनाइ छ । कार्यक्रममा गायक अमृत गुरुङले जोशीले नेपाली कला साहित्य र समाजका धेरै विधामा योगदान गरेकोमा प्रशंसा गरे ।
संस्कृतिविद् जोशीले पुस्तकले आफैंलाई चिन्ने मौका दिने भन्दै पुस्तकमा आफूलाई आफैंले चिन्ने प्रयास गरेको बताए ।
२०७८ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








