राजनीतिक पूर्वाग्रहका आधारमा याेजना कार्यान्वयनमा बाधा सिर्जना गरियाे : मेयर शाक्य

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माण लगाएत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरूले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रूपमा अवरोध गर्ने गरेको गुनासो गरेका हुन् ।

उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दावी गरे । शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि भित्री रूपमा उपमेयर हरिप्रभा खड्गीसँग कुनै विवाद नरहेको धारणा राखे । शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफू फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गरे । त्यस्तै उनले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाए । जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =