सिंगापुरमा अर्को वर्षदेखि अर्धबार्षिक परीक्षा नहुने

काठमाडाैँ । सिङ्गापुरमा अर्को वर्षदेखि प्राथमिक र माध्यमिक तहमा अर्धबार्षिक परीक्षा हटाउने निर्णय भएको छ । शैक्षिक ग्रेड र परीक्षाबाट ध्यान केन्द्रित गर्न यस्तो निर्णय गरिएको हो ।
गत सोमबार संसद्मा उक्त निर्णयको घोषणा गर्दै सिङ्गापुरका शिक्षामन्त्री चान चुन सिङले यसबाट विद्यार्थीलाई आफ्नो रुचि अनुसारको सिकाइको विकास गर्न मद्दत हुने र प्राप्ताङ्कमा मात्रै ध्यान केन्द्रित नहुने बताए । विगत ३ वर्षमा सिङ्गापुरमा प्राथमिक ३, प्राथमिक ५ माध्यमिक १ र माध्यमिक ३ को परीक्षा खारेज गरिएको थियो । प्राथमिक १ र प्राथमिक २ मा विद्यार्थीहरूलाई अब कुनै परीक्षा लिने र ग्रेड दिने कार्य हुँदैन ।
आफ्नो मन्त्रालयको बजेटमाथिको बहसमा बोल्दै चानले विद्यालय र शिक्षकहरूले विद्यार्थीको सिकाइलाई अझ राम्रोसँग गति दिन र गहिरो बनाउन सक्ने भएकाले यस्ता परिवर्तनहरूले सकारात्मक प्रभाव पार्ने बताए । ‘यसले शिक्षकले निरन्तर मूल्याङ्कन गरी विद्यार्थीले कुन कुरामा विद्या हासिल गरेका छन् र विद्यार्थीका कठिनाइ के-के छन् भनेर पहिचान गर्न सहज हुन्छ भने विद्यार्थीले आफ्नो सिकाइमा बढी र अंकमा कम ध्यान केन्द्रित गर्छन्,’ उनले थपे ।
शिक्षा मन्त्रालयले विद्यालयहरूले यस वर्ष बाकी कुनै पनि तहका लागि मध्य वर्ष परीक्षा हटाउन विद्यालय छनौट गर्न सक्ने जानकारी दिँदै तयार रहन पनि आग्रह गरेको छ । हाल, माध्यमिक विद्यालयहरूको एक तिहाइभन्दा बढी र १४ प्राथमिक विद्यालयहरूमध्ये एकले क्रमशः माध्यमिक २ र प्राथमिक ४ मध्य वर्षको परीक्षा कटौती गर्दै आएको छ । यसले शिक्षकहरूलाई सिकाउने थप भिन्नभिन्न र आकर्षक तरिका प्रयोग गर्नको लागि प्रति स्तर करिब तीन हप्ताको समय खाली हुनेछ ।
चानले परीक्षाहरू हटाएपछि असफलता र अनुकूलतासँग लड्ने जीवनोपयोगी सीपहरू विकास गर्न थप समय हुने बताए । आत्मनिर्देशित सिकाइले २१औँ शताब्दीको दक्षताहरू जस्तैः ज्ञान, सीप र मूल्यहरू विकास गर्ने र विद्यार्थीलाई नयाँ अर्थतन्त्रबारे बुझ्न सजिलो हुने विश्वास गरिएको छ ।
चानले एक मानक पाठ्यक्रमले विद्यार्थीहरूको विविध सिकाई आवश्यकता र क्षमताहरू पूरा गर्न सक्षम नहुने बताए । एक औसत पाठ्यक्रमले विद्यार्थीहरू ओभरस्ट्रेच हुने र विद्यार्थीहरूको विधि क्षमता र आवश्यकताहरू पूरा गर्न विकल्पहरूको दायरा हुनुपर्ने बताए । शिक्षकहरूले पनि विकल्पहरूबाट सही विकल्प छनोट गर्ने र विद्यार्थीहरूको आवश्यकता अनुसार सिकाउने क्षमता हुनुपर्नेमा जोड चानको छ ।








