बारमा बन्धक बनाइएका तीन किशोरीको उद्धार, तीनजना पक्राउ

धनगढी । कैलालीको धनगढीस्थित एक रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको प्रहरीले उद्धार गरिएको हो ।

बारमा केही महिनादेखि बन्धक बनाएको गुनासो आएपछि उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार, किशोरीलाई काम गराउने भनेर ल्याएको तर तलबसमेत नदिएर बाहिर पनि निस्कन नदिएको गुनासो आएको थियो ।

प्रहरीले बार सञ्चालकसहित तीन जनालाई पक्राउ पनि गरेको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *