एनएमबिका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

काठमाडौँ । एनएमबि बैंकले बिराटनगर–४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि जाने व्यक्ति तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ ।

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश–१ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइटको एनएमबी भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =