‘राज्यका तीनवटै निकाय असफलतातर्फ उन्मुख’

रुपन्देही । नेकपा एमालका उपमहासचिव प्रदीप ज्ञवालीले राज्यका तीनवटै निकायहरू असफलतातर्फ उन्मुख भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीनवटै निकायहरू असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकुलताका लागि संविधानको मर्म माथि प्रहार गरेको औल्याए । उनले वर्तमान सरकारले एमसिसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउदै एमसिसीका प्रतिनिधिलाई एमसिसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको जिकिर गरे ।

पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सभामुखले संसदलाई बन्धक बनाएको आरोप लगाउँदै सभामुखको भुमिका नै विवादास्पद रहेको बताए । उनले एमसीसी संसदमा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *