कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार भण्डारी र अधिकारीलाई

विराटनगर । कृष्णप्रसाद सिग्देल स्मृति युवा युवा पत्रकारिता पुरस्कार दुई जनालाई एकै साथ प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७७ सालको घनश्याम भण्डारी र २०७८ सालको नेत्रपी अधिकारीलाई वितरण गरिएको छ । २०७७ र २०७८ साल दुई वर्षको पत्रकारिता पुरस्कार एकै पटक प्रदान गरिएको प्रेस चौतारी मोरङकी उपाध्यक्ष चीना थापाले जानकारी दिइन् । दुवै पुरस्कारको राशि ११/११ हजार रहेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पुरस्कार वितरण गर्दै एक जना युवा व्यवसायीको नामबाट स्थापित पुरस्कारले युवाहरूलाई उत्साहित बनाउने बताए । उनले एमालेका १२ वटा संगठनको केन्द्रीय कमिटी १५१ भन्दा बढी बनाउन नपाउने र पदाधिकारी १७ जना भन्दा बढी नहुने गरी अघि बढेको जानकारी दिए । अब एउटा संगठनको पदाधिकारी भएको व्यक्ति अर्को संगठनको पदाधिकारी नहुने व्यवस्थालाई कडाइ गर्न थालिएको बताए ।

नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकालले प्रेस चौतारीले सबैलाई मिलाएर र अगुवाइ गर्ने संगठन रहेको बताए । राजनीतिमा जोडिएको भन्दै आफ्नो विवेकलाई बन्धक बनाउन नहुने बताए । राजनीतिक विचार विवेकशील नागरिकमा हुन्छन् तर त्यो भन्दैमा पत्रकारिता सबैको विश्वासिलो पत्रकारितालाई ध्यान दिनु पर्ने बताए । उनले एमाले स्थानीय तहको निर्वाचन समयमै हुनु पर्ने कुरामा दृढ रहेको बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय लेखा आयोग संयोजक विक्रम लुइँटेल, नेकपा एमाले सचिव रूपेश खतिवडा, पत्रकार महासंघ मोरङ अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टरका मोरङ अध्यक्ष अर्जुन आचार्य तथा प्रेस युनियन मोरङ अध्यक्ष कौशल निरौलाले स्थापना दिवसको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =