राष्ट्र बैंकले बैंकहरूसँग माग्याे ७ लाख रुपैयाँभन्दा बढीकाे नगद काराेबारकाे विवरण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको विवरण माग गरेकाे छ ।

राष्ट्र बैंककाे सुपरीवेक्षण विभागले बैंकहरूलाई पत्र काटी यस्ताे विवरण दिन भनेकाे हाे ।

अब बैंकहरूले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । बैंकले माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न बैंकहरूलाई भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =