वैद्य भन्छन्ः

‘विप्लवजीहरूले एक्लेवीर हुँ भन्ने भावना राख्नुभो’

काठमाडौँ । नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ ले क्रान्तिकारीहरू एक हुने बेला आएको बताएका छन् । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिष्ट पार्टी त्योगेर आएका नेताहहरूलाई पार्टीमा स्वागत गर्दै वैद्यले यस्तो बताएका हुन् । ‘क्रान्तिकारीहरू एक भएर जनवादी क्रान्ति गर्नुपर्छ,’ वैद्यले भनेका छन् ।

अवसरवादी पार्टीमा पनि क्रान्तिकारीहरू रहेको उल्लेख गर्दै वैद्यले विप्लव र किराँतीसँग राजनीतिक विचार नमिलेको बताए । ‘विप्लजीहरूसँग लामो समय छलफल भयो, कुरा मिलेन । किराँतीलाई हामीले जनवादी क्रान्ति गरौँ भनेर भन्यौँ, उहाँले चुनावमा गएर जितेर सरकार बनाउने कुरा गर्नुभयो, यसपछि मिल्ने कुरै भएन । उहाँहरूले एक्लेवीर भनेर भन्नुभयो । यसो हुँदा क्रान्तिकारीहरूको एकता हुन गाह्रो हुन्छ,’ वैद्यले भनेका छन् ।

वैद्यले प्रचण्डले भनेझैँ शान्तिपूर्ण बाटाेबाट र विप्लवले भनेजस्तै गरी जनमत संग्रहबाट समाजवाद नआउने बताए । त्यसका लागि जनवादी क्रान्ति नै आवश्यक रहेकाे उनले औंल्याए ।

आजबाट क्रान्तिकारीहरूको एकता शुरू भएको वैद्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *