दुई लाख धरौटीमा छुटे गोरेका भाइ
२०७८ पुस २२ गते

विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपीत रमेश उप्रेती २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्ला अदालतमामा बिहीबार आरोपित रमेश उप्रेतीमाथि थुनछेक बहस भएको थियो । न्यायाधीश भरत लम्सालको इजलासमा भएको उक्त बहसपछि इजलासले उनलई धरौटीमा छोड्न आदेश दिएको हो ।
३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपीत चुणामणि उप्रेती ‘गोरे’का भाइ रमेशलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । अदालतको आदेशपछि उनी धरौटी रकम बुझाएर छुटेका छन् ।
२०७८ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित









