लोकसेवा आयोगका पदाधिकारीलाई वरियताको चिन्ता

विराटनगर । सातै प्रदेशका लोकसेवा आयोगका आयुक्तहरूले  वरियतामा असन्तुष्टि जनाएका छन् । लोकसेवा आयोग प्रदेश नम्बर २ का अध्यक्ष सुरेन्द्रप्रसाद यादवले लोकसेवा आयोगका पदाधिकारीको वरियतामा आफ्नो असन्तुष्टि रहेको बताए ।

मर्यादा क्रममा सरकारले तोकेकोमा मर्यादाक्रममा आफ्नो असन्तुष्टि रहेको बताउँदै उनले आपत्ति जनाए । प्रदेश १ लोकसेवा आयोगको आयोजनामा दोस्रो अन्तर प्रदेश लोक सेवा आयोगको कार्यशाला गोष्ठीमा बोल्ने आयोगका आयुक्तहरूले वरियताको प्रश्न उठाएका हुन् ।

वरियताको समस्याले काम गर्ने वातावरण नभएको पनि उनीहरूले बताएका छन् । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सरकारको मर्यादाक्रमले अप्ठेरो पारेको बताए । मर्यादाक्रममा सहसचिव सरह राख्नुले काम गर्ने वातावरण नभएको उनले बताए ।

‘सरकारले लोकसेवा आयोगका आयुक्तको मर्यादा क्रममा अप्ठेरो पारेको छ, उनले भने,  पाँच वर्ष सचिवमा काम गरेर आएका हामीलाई अहिले सह सचिवको मर्यादामा राख्नु दु:खद् रहेको छ ।’

४१३ वटा स्थानीय तहको नाम तोकेर ६ महिनासम्मका कर्मचारी नियुक्त गर्नुपर्दा स्वीकृति लिएर गर्न भनेको भए पनि अझै कर्मचारी करारमा राख्ने क्रम नरोकिएको र बेरुजु देखिने गरेको उनले बताए । सबैभन्दा बढी पीडा बागमती प्रदेशले भोग्दै आएको श्रेष्ठले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =