एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला 

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । संघीय इकाई कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव क्वाटरमै झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले उनको मृत्यु भएको पुष्टि गरे । उनले एसएसपी यादवको मृत्यु शंकास्पद देखिएकाले मृत्युबारे प्रहरीले अनुसन्धान शुरू गरिसकेको  पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =