लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश बाड्ने
२०७८ पुस ८ गते

काठमाडौं।लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको बैंकले जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत समेत गरेको जानकारी दिएको छ। बैंकका अनुसार आ।व। २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्याएको छ।
२०७८ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








