नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
२०७८ पुस ६ गते

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो ।
सभाले कम्पनीको आ.व २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व २०७७÷७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०७८÷७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको बैंकले जनाएको छ ।
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








