नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा ढकाल निर्वाचित

ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् ।

एसोसिएसनको १३ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट ९ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी २ वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्धकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छन् ।

यसैगरी एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दीपक रानाभाट रहेका छन् ।

एसोसिएसनको संस्थापक महासचिवहुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताए ।

बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट शुरु हुने तथा बीमाको कार्यप्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले पनि रहेको बताए ।

उनले भने– ‘सर्भेयरले कागजात र सवुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञचको रुपमा प्रायः बीमितहरुले लिने गर्छन । छिटो छरिरतो दाबी फरफारक गरी जनमानसमा बीमा क्षेत्रप्रति आस्था जगाउनका लागि बीमितमा बीमा सचेतना बढाउनैपर्छ ।’

अधिवेशनको उद्घाटन समारोहमा एसोसिएसनका सल्लाहकार शिवा श्चन सास्ख, निवर्तमान अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्याङ्कन गर्दा बहुआयामिक समस्याहरु सामना गर्नुपरिरहेको चर्चा गर्दै बीमा कम्पनीले बीमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजहरुबार बीमितलाई समयमै अवगत नगराइदिँदा त्यसबाट उत्पन्न समस्या, कार्यक्षेत्रमा खटिएका सर्भेयरले व्यहोर्नुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =