विद्यालयमा नैतिक शिक्षा हराएकोमा चिन्ता

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नैतिक आचरणका संस्कारहरू बिर्सँदै जाँदा समाज विकृत बनेको उनले बताए ।

नैतिक शिक्षा बिर्सिंदै गएकाले अहिलेको आवश्यकता नै यहि विषय भएको उनले बताए । मन्त्री यादवले सामुदायिक विद्यालयहरूमा नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको बताए ।

मोरङ सुन्दरहरैचा-१० को सुकुना माध्यामिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आधुनिकीकरणका नाममा विद्यार्थीहरूले संस्कार बिर्संदै गएको बताए ।

‘विद्यालयहरुमा भौतिक विकासमात्र होइन, नैतिक शिक्षा पनि आवश्यक छ,’ उनले भने, ‘नैतिक शिक्षा हराउँदा समाज विकृत बन्दैछ, त्यसका लागि नैतिक शिक्षाको खाँचो छ ।’ सुकुना मावि नमूना विद्यालय भएको भन्दै उनले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

सुकुना मावि विभिन्न आरोह-अवरोह पार गर्दै ५०औँ वर्षमा प्रवेश गरेको छ । नमूनाको रुपमा स्थापित भएको सुकुनाजस्तै अन्य सामुदायिक विद्यालयलाई पनि सुधारको खाँचो रहेको मन्त्री यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =