सिटिजन्स बैंकको शाखा रहित बैंकिङ महोत्तरीको पडौलमा
२०७८ मंसिर २६ गते

काठमाडौँ । सिटिजन्स बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिका, पडौलमा ८७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । देशका विभिन्न दुर्गम स्थलमा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने क्रमा उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु समेत उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित









