मौसम सफा हुन केहि समय लाग्ने
मकालु खबर
२०७८ मंसिर १० गते
काठमाडौँ । प्रदूषणरहित तुवालोका कारण मौसम सफा नहुँदा घाम लाग्न नसकेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । अझै केहि दिन अधिकांश स्थानमा बदली हुने पनि बताएको छ ।
मौसम बदली हुँदा पूर्वी पहाड र मध्य पहाडका केहि स्थानमा छिटफुट वर्षाको सम्भावना छ, मौषमविद् समीर श्रेष्ठले मकालुखबरसँग भने ।
अहिलेको अवस्थालाई हेर्दा कुनै त्यस्तो ठुलो सिस्टम त केहि छैन, त्यसकारणले यो अवस्था धेरै लामो समय नरहने पनि मौसमविद् श्रेष्ठले जानकारी दिए । यो अवस्था धेरै भए पर्सीसम्म रहने र त्यसपछि घाम लाग्ने पनि उनको भनाइ छ ।
मकालु खबर
२०७८ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित