सभामुखलाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको युरोप भ्रमण रोक्न माग गरिएको छ । जवाफदेहिता निगरानी समितिले काभ्रेका अर्जुन लामाको हत्या प्रकरणको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै सभामुखलाई स्पेनको कार्यक्रममा सहभागी नगराउन माग गरिएको हो ।

नोभेम्बर २६ देखि ३० (मंसिर १० देखि १४) सम्म स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।

जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईले अन्तर व्यवस्थापिका संघका अध्यक्ष, स्पेनका विदेशमन्त्री र नेपालसमेत हेर्ने दिल्लीस्थित स्पेनको दूतावासलाई पनि पत्र लेखेका हुन् ।

हेर्नुहोस् पत्र :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *