उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु
२०७८ मंसिर ६ गते

सांकेतिक तस्वीर।
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाको एक उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको बाग्मती मोलडिङ्ग इन्डस्ट्रिज प्रा.लिमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवास रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पानी खान तथा हात खुट्टा धुन उद्योगमा जडान भएको कलको मोटर चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका खवासको विराट मेडिकल कलेज गंगाचौकमा मृत्यु भएको प्रहरी चौकी नेमुवाले जनाएको छ ।
सोही कलमा अरू ४ जनालाई पनि करेन्ट लागेको र मजदुरहरूले पटक पटक गुनासो गर्दा समेत उद्योग प्रशासनले चासो नजाँदा खवासको मृत्यु भएको उद्योगका मजदुरहरूले बताएका छन् । मृतक नेकपा माओवादी केन्द्र गाउँ कमिटीका सदस्य हुन् ।
२०७८ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित









