फेसबुक कम्पनीको मेटा नामाकरणः के हो जुकरवर्गले भनेको मेटाभर्स ? (भिडिओ)

काठमाडौँ । सन २०१५ मा गुगलले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनायो । गुगल र युट्युब जस्ता ब्रान्डलाई भने सेवाको रूपमा मात्रै चिनायो । मातृ कम्पनीको रूपमा अल्फाबेटनै बनाउने गुगलले निर्णय गर्‍यो ।

गुगल अल्फाबेट भएको ठिक ६ वर्षपछि फेसबुकले त्यही बाटो पच्छ्याएको छ । फेसबुकका सिइओ मार्क जुकरवर्गले गत अक्टोबर २८ (कात्तिक ११) मा कम्पनीको नयाँ नाम मेटा भएको घोषणा गरे । अमेरिकाको क्यालिफोर्नियामा रहेको मेलो पार्कस्थित कम्पनीको मुख्यालयबाट एक भिडियो सम्बोधन गर्दै उनले नाम मेटा बनाएको घोषणा गरेका थिए । मेटा नामसँगै सन २००४ को फेब्रुअरीबाट फेसबुक कम्पनीको नाममा परिवर्तन आएको छ ।

मेटा अब फेसबुक, ह्वाट्स् एपदेखि इन्टाग्राम लगायतका फेसबुकका स्वामित्वमा भएका सबै सेवाहरूको साझा कम्पनीको नाम भएको छ । आजकाल फेसबुक, ह्वाट्स् एपदेखि इन्टाग्राम खोल्दा मेटाको नाम आउँछ । अंग्रेजीको निलो रङ्गको आठ तेर्सो बनाएको जस्तो लागो सहित मेटाको नाम आइरहन्छ ।

के हो मेटा ? के हो मेटाभर्स ?
मेटा अंग्रेजी शब्द हैन । यही शब्द फेसबुकले चुनेको छ । मेटा ग्रिस भाषाको शब्द हो । यसले अंग्रेजीमा बियोन्ड भन्ने अर्थ राख्छ । यसको सोझो नेपाली शब्दानुभाव ‘भन्दा पर वा पर्तिर’ भन्ने हुनसक्छ । मेटा नाम छनौट गरेको कारण बारेमा जुकरवर्गले भनेका थिए, ‘हामी के हौँ भन्ने प्रतिबिम्बित गर्नलाई र हामीले बनाउन चाहेको भविष्यको लागी हाम्रो कम्पनी मेटा भएको म साझा गर्न पाउँदा मलाई गर्व लागेको छ ।’

फेसबुकको नाम मात्रै हुँदा आफ्नो विभिन्न गतिविधिहरू एकै सेवाको नाममा मात्रै सीमित भएको जस्तो भएको भन्दै उनले नयाँ नाम मेटा राखेको बताए । फेसबुकले सामाजिक सञ्जालको रूपमा मात्रै नभएर विज्ञापनदेखि व्यापारमा समेत सहभागी भएको सङ्केत गर्दै जुकरवर्गले थप नयाँ सेवा सुविधाहरू पनि भविष्यमा जोड्ने भन्दै मेटा नाम उपयुक्त भएको आफ्नो १ घण्टा १७ मिनेट २७ सेकेन्ड लामो सम्बोधनमा दुई हप्ता अगाडि बनाएका थिए ।

मेटा नाम मात्रै भनेनन् जुकरवर्गले । उनले भनेको अर्को पदावली पनि छ । त्यो हो- मेटाभर्स । जसरी ब्रह्मान्डलाई युनिभर्स भनिन्छ मेटाको ब्रम्हान्ड अर्थ लाग्ने मेटाभर्स शब्द उनले प्रयोग गरेका छन् । मेटाभर्स प्रयोग गर्ने प्रथम व्यक्ति भने जुकरवर्ग आफै होइनन् । आज भन्दा २९ वर्ष अगाडि विज्ञान आख्यान लेखक निल स्टेफेन्सनले मेटाभर्स भन्ने पदावली प्रयोग सबैभन्दा पहिलो प्रयोग गरेका थिए । उनले आफ्नो साइबर पंक नोभेल सो ‘क्या्स’मा उक्त पदावली प्रयोग गरेको अन्तर्राष्ट्रिय समाचार पोर्टलहरूले उल्लेख गरेका छन् ।

मेटाभर्सलाई जुकरवर्गले मेटाभर्सलाई टु डी स्किन भन्दा भिन्न बनाउने प्रयत्नमा यस्तो गरिएको फेसबुकले उल्लेख गरेको छ । आफन्त र पारिवारिक भेटघाटलाई अनलाइनमा भेट्दा वास्तविक भेटेको जस्तो गर्न, विभिन्न यात्राको भिडियो हेर्दा आफै पुगेको जस्तो गर्न र आफूले चाहेको जस्तो अनुभव गराउन आर्टिफिसियन इन्टेलिजेन्स लगायतका प्राविधिक पक्ष बलियो बनाउने फेसबुकको लक्ष छ । सामाजिक भेटघाट देखी व्यापारिक विकासका हरेक रियल प्रभाव पार्ने भर्चुअल काम गर्न मेटाभर्स आएको जानकारहरूले बताएका छन् ।

२ अर्ब ९० करोड हाराहारी सक्रिय प्रयोगकर्ता भएको फेसबुकको यो कदमले प्राविधिक क्षेत्रमा धेरै परिवर्तन हुने आशा र अपेक्षा धेरैले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *