धनकुटाको राम बजारमा आगलागी, दुई घर जलेर नष्ट
मकालु खबर
२०७८ मंसिर ३ गते
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको लेगुवास्थित राम बजारमा आगलागी भएको छ । गएराति २ बजेदेखि सुरु भएको आगलागी हाल नियन्त्रणमा आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम नारायण श्रेष्ठले मकालुखबरलाई जानकारी दिए ।
आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको श्रेष्ठले बताए । आगलागी भएको घरमा ग्यारेज रहेकाले मोटरसाइकल समेत जलेको सहायक प्रजिअ श्रेष्ठले बताए । यद्यपि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
मकालु खबर
२०७८ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित