काठमाडौँमा योगगुरु रामदेव
मकालु खबर
२०७८ मंसिर २ गते
काठमाडौँ । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आएका छन् ।
शुक्रबार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं आएका हुन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वामी रामदेव र बालकृष्णलाई उनका अनुयायीहरुले स्वागत गरेका थिए । काठमाडौँ आएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै योगगुरु रामदेवले भारतपछि पतञ्जलीको मुख्य गन्तव्य नेपाल भएको र मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्ने जानकारी दिए ।
नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको उनले बताए । नेपाललाई पतञ्जलीले नयाँ सौगात दिने उनको भनाइ छ ।
योगगुरु रामदेवले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दुईवटा धार्मिक नेपाली च्यानलको शुभारम्भ गर्ने कार्यक्रमसमेत रहेको छ ।
मकालु खबर
२०७८ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित