प्राइम लाइफको खुद बिमा शुल्क एक अर्ब माथि

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासिक अवधिमा १ अर्ब १७ करोड रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस अवधिमा ९.७९ प्रतिशतले खुद बिमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ ।

कम्पनीले गत वर्षको यही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ सङ्कलन गर्न सफल भएको थियो । यही अवधिमा कम्पनीले १२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । यो रकम गत आवको भन्दा १.४१ प्रतिशतले बढी हो । २ अर्ब ४१ करोड रुपैयाँ कम्पनीको हालको चुक्ता पुजी रहेको छ । भने कम्पनीको जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको दाबी भुक्तानी २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस्तै यही अवधिमा प्राइम लाइफले जीवन बिमा कोष २७ प्रतिशतले बढेको छ । पहिलो ३ महिनाको अवधिमा कम्पनीको जीवन बिमा कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ सङ्कलन गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *